प्रधानमन्त्रीलाई भेन्टिलेटरबाट हटाइयोः संक्रमणको जोखिम भने कायमै
११ मंसिर, २०७६, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा केही सुधार आएपछि बिहान करिब ८ बजे भेन्टिलेटरबाट निकालिएको चिकित्सकहरूले बताएका छन् । मंगलबारको भन्दा बुधबार बिहान धेरै राम्रो सुधार भएको अस्पताल स्रोतले बताएको छ ।
उनको स्वास्थ्य सुधारोन्मुख रहेको भएतापनी संक्रमणको जोखिम कायमै रहको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस पेटभित्रै फुटेका कारण संक्रमणको जोखिम भएको हो ।
चिकित्सकका अनुसार प्रधानमन्त्रीलाई अझै केहि दिन अस्पतालमै राखेर उपचार गरिनेछ । १२ वर्ष अघि मृर्गौला प्रत्यारोपण गरेका ओलीको यही आइतबार मात्र डायलासिस गरिएको थियो ।
प्रतिकृया दिनुहोस्