March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

कोरोना संक्रमण भएका मानिसमा कम्तीमा ५ महिनासम्म पुनः संक्रमण नहुँने

एक पटक कोरोना भाइरस भइसकेका मानिसमा कम्तीमा पनि ५ महिनासम्म पुनः संक्रमणको जोखिम नरहने एक अध्ययनले देखाएको छ । पब्लिक हेल्थ अफ इंग्ल्याण्डले कोभिडपछिको प्रतिरक्षा प्रणालीका सम्बन्धमा अध्ययन गर्दा सो तथ्य फेला परेको बीबीसीले उल्लेख गरेको हो ।

यद्यपी यो शत प्रतिशत मानिसमा लागू नहुने र केही मानिस पुनः संक्रमित हुन सक्ने विज्ञहरुले जनाएका छन् । विज्ञका अनुसार कोरोनाभाइरस सङ्क्रमण हुने सम्भावना कहिल्यै सङ्क्रमण नभएका व्यक्तिको तुलनामा एक पटक सङ्क्रमित भएका व्यक्तिलाई ८३ प्रतिशतले कम हुने छ ।

उनीहरुले संक्रमणमुक्त भइसकेपछि पनि भौतिक दुरी लगायत स्वास्थ्य मापदण्ड भने अपनाउनुपर्नेमा जोड दिएका छन् । यसबारे थप अध्ययनका लागि स्वास्थ्य क्षेत्रमा कर्मचारीलाई १२ महिनासम्म निरन्तर अवलोकनमा राखिने जनाइएको छ । एजेन्सी

Advertisement