April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

रुपन्देहीमा एक युवकको जलाएर हत्या

रुपन्देहीमा एक युवकको जलाएर हत्या

माघ ७, काठमाडौं ।
रुपन्देहीको मर्चवार क्षेत्रमा एक युवकको जलाएर हत्या गरी फालेको अवस्थामा शव भेटिएको छ । मायादेवी गाउँपालिका–७ गरगट्टी गाउँमा दानव नदी किनारको खेतमा शरीरमा मट्टितेल खन्याएर आगो लगाई हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।

रुपन्देही प्रहरीका अनुसार हत्या गरिएका अन्दाजी ३२ वर्षका पुरुषको सनाखत हुन सकेको छैन । घटनास्थलमा रगत र प्लाष्टिकको पाइप पनि भेटिएको प्रहरीले जनाएको छ । युवालाई घाँटी थिचेर हत्या गरी नदी किनारमा ल्याएर पेट्रोल छर्केर आगो लगाएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनामा संलग्न दोषीको पहिचान हुन नसेकाले प्रहरीले नेपालगञ्जबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान शुरु गरेको छ । पोष्टमार्टमका लागि शव बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

Advertisement