March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

पहिलो चरणमा नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाको खोप

पहिलो चरणमा नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाको खोप

माघ ७, काठमाडौं ।
भारतले नेपाललाई पहिलो चरणमा कोरोना संक्रमणविरुद्धको १० लाख डोज खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन् ।

नेपाललाई भारत सरकारले डेढ करोड डोज खोप अनुदान स्वरूप उपलब्ध गराउने घोषणा गरेको थियो । जसअनुसार पहिलो चरणमा कोरोना संक्रमणविरुद्धको १० लाख डोज खोप भोलि नेपाल आउने पत्रकार सम्मेलनमा जानकारी दिइयो । भारतले कोभिसिल्ड नामक खोप नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको हो ।

Advertisement