September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

सरकारले माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप लगाउन शुरु गर्ने

सरकारले माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप लगाउन शुरु गर्ने

काठमाडौं । सरकारले माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप लगाउन शुरु गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सशस्त्र प्रहरी बलको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खोप खोप १४ गते देखि लगाउन शुरु गरिने बताए । ओलीले खोपका लागि समूह तयार पारिदै आएको र पहिलो चरणमा कोरोना महामारी विरुद्ध खटिएका स्वास्थ्यकर्मीलाई खोप लगाउने बताए ।


प्रधानमन्त्री ओलीले मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको शुरुआत भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको दावी गरेका छन् । उनले पहिलो चरणमा अग्रभावमा रहेर कोरोना विरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । पर्याप्त खोप नआइसकेकाले अझै केही महिना सावधानी अपनाउन प्रधानमन्त्री ओलीले सबैमा आग्रह गरेका छन् ।

Advertisement


भारतले सरकारले नेपाललाई उपहार स्वरुप दिएको १० लाख डोज कोराना विरुद्धको खोप बिहीबार नेपाल आइपुगेको छ । भारतको सिरम इन्सिट्युटले अक्सफोर्ड–एस्ट्राजेनेकासँगको सहकार्यमा विकास गरेको कोभिशिल्ड नामको खोप नेपालमा १४ गतेबाट लगाउन लागिएको ओलीले बताए ।

सरकारले पहिलो चरणमा खोप लगाउन स्वास्थ्यकर्मीको लगत पनि लिइसकेको स्वास्थ्य मन्त्रालयले बताएको छ । यस्का लागि प्रत्येक जिल्लाबाट नाम लेखाउने काम सकिएको छ । नेपालले गत हप्तामात्र कोभिशिल्डलाई आपतकालीन उपयोगका लागि अनुमति दिएको थियो । यो खोप ९० प्रतिशतसम्म प्रभावकारी रहेको दावी गरिएको छ । भारतमा समेत केही प्रयोगकर्तामा यस्को नकारात्मक असर देखिएको छ ।