September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

पछिल्लो २४ घण्टामा २ सय ३२ जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २ सय ३२ जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु

माघ १०, काठमाडौं ।
पछिल्लो २४ घण्टामा नेपालमा २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा ३ हजार ५ सय ४१ जनाको पिसिआर परीक्षण गर्दा २ सय ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार १ सय ८० पुगेको छ । जसमध्ये ३ हजार ४ सय ५२ जना सक्रिय संक्रमित छन् ।

यस्तै २४ घण्टामा ३ सय ८६ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६३ हजार ७ सय ३४ पुगेको छ । यस्तै २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ ।

Advertisement