September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

थप २ सय ७० जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

थप २ सय ७० जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

माघ ११, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट थप ४ सय ३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६४ हजार १३७ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ३१२ रहेको छ । पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार १ पुगेको छ ।

Advertisement