प्रधानमन्त्रीको स्वास्थ्य अनी एपेन्डिसाइटिसः एपेन्डिसाइटिस भइसकेपछी शल्यक्रिया गर्नैपर्छ त ?
११ मंसिर, २०७६, काठमाण्डौ । यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यले ठुलै तरंग ल्याएको छ । मंगलबार ‘एपेन्डिसाटिस’ तथा ‘पेरिटोनाइटिस’को शल्यक्रिया गरिएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा बुधबार सुधार आएको अस्पतालले जनाएको छ । अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई विशेषज्ञ चिकित्सकहरुबाट शल्यक्रिया भएपछि सघन उपचारकक्षमा निरन्तर निगरानीमा राखिएको छ ।
आज हामी तपाईहरुलाई यही एपेन्डिसाइटिसको बारेमा जानकारी दिदैँछौ ।
एपेन्डिसाइटिस किन हुन्छ ?
मानिसको दाहिने कोखा भन्दा अलिकति तल रहने एपेन्डिक्स भन्ने एउटा पाइपजस्तो अङ्ग जुन कुनै पनि कारणले सुन्निन गएको आकस्मिक अवस्थालार्ई एपेन्डिसाइटिस भनिन्छ । यसको ल्युमेन (मुखद्धार) बिस्तारै विभिन्न कारणहरुबाट बन्द हुन थालेपछि सुनिन्छ । सुन्निएपछि यसले एपेन्डिक्सको भित्तामा चाप दिन्छ । जुन चापका कारण भित्तमा रहेका रगतका नसाहरु बन्द हुँदै जान्छन् र पीप जम्न थाल्छ । यसैकारण शरीरमा एपेन्डिसाइटिस हुन्छ ।
एपेन्डिक्सको मुख बन्द भएमा त्यसभित्र रहेका जमेका फोहोरको कारणले गर्दा एपेन्डिक्सको रक्त सञ्चारमा कमी आउँछ । रगतको प्रवाह नै कम भएपछि एपेन्डिक्सका कोष झन् ठुलो हुँदै आफ्नो आकारमा वृद्धि भएर रगत प्रवाह गर्ने नलीमा क्षति पुग्न गई पूरै रक्त सञ्चार बन्द हुन्छ र एपेन्डिक्सका कोषमा घाउ लाग्दछ ।
यदी पेरिटोनियम पनि फुटेमा आन्द्रा भित्रको गुह्य तत्व बहिर निस्कन्छ अनि जटिल प्रकारको संक्रमण हुन्छ ।
के एपेन्डिसाइटिस भइसकेपछी शल्यक्रिया गर्नैपर्छ त ?
शल्यक्रिया गरेर एपेन्डिक्सलाई निकाल्ने बाहेक यसको अर्को उपचारको विकल्प छैन । एपेन्डिसाइटिसको समयमै उपचार गरिएन भने पेटमा रहेको आमाशयको सानो र ठुलो आन्द्रालगायतलाई ढाकेर राख्ने पेरिटोनियम तन्तुको एक तहलाई फुटाइदिन सक्छ । यदि त्यस्तो भएमा संक्रमण शरीरभरी फैलिएर बिरामीको मृत्यु हुन पनि सक्छ ।
पिसाबको संक्रमणको लक्षण देखिनासाथ चिकित्सकको सल्लाह लिनुपर्छ । भिडियो एक्सरे (अल्ट्रासाउण्ड) बाट पनि एपेन्डिसाइटिसको समस्याको निदान हुन्छ । तर, करिव १५ प्रतिशतको एपेन्डिक्स ठूलो आन्द्रा पछाडि हुने भएकाले आन्द्रामा दिसा वा ग्याँस भरिंदा शुरूको अवस्था फेला नपर्न सक्छ । यो समस्याबाट ज्यान जान सक्ने भएकाले पिसाबको संक्रमणको लक्षण देखिनासाथ चिकित्सकको सल्लाह लिनुपर्छ ।
प्रतिकृया दिनुहोस्