September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

पछिल्लो २४ घण्टामा थप ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि , १० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि , १० जनाको मृत्यु

माघ १२, काठमाडौं ।
नेपाल पछिल्लो २४ घण्टामा थप ३ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८ सय ५८ जनाको गरिएको पीसीआर परीक्षणमा ३ सय ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४०१ जना संक्रमणमुक्त भएका छन् ।

यससंगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ६४ हजार ५ सय ३८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०११ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.७४ रहेको मन्त्रालयले जनाएको छ ।

Advertisement