September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

चितवनको रत्ननगरमा मिनिबस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

चितवनको रत्ननगरमा मिनिबस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

माघ १३, काठमाडौं ।
चितवनको रत्ननगरमा मिनिबस र मोटरुसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बुको टापटिङ्ग– ५ बस्ने मोटरसाइकल चालक अनिल मगर र पछाडि सवार धरान–९ का गौरव राई रहेका छन् ।

मंगलबर करिब ९ बजे तिर पूर्वतिरबाट आइरहेको बा २ ख ५६७४ नं. को मिनिबस र पश्चिमबाट पूर्वतिर गइरहेको बा ९२ प ५२०४ नं.को मोटरसाइकल एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बस चालक फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement