September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

थप ३ सय ३ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

थप ३ सय ३ जनामा कोरोना पुष्टि,  ६ जनाको मृत्यु

माघ १३, काठमाडौं ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ८४ जनाको पिसिआर परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमण हुनेको कुल संख्या २ लाख ७० हजार ९२ पुगेको छ । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार २५२ रहेको छ । पछिल्लो २४ घण्टामा २ सय ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६४ हजार ८२३ पुगेको छ ।

Advertisement

नेपालमा कोरोना निको हुने प्रतिशत ९८ रहेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार १७ पुगेको छ ।