April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

पछिल्लो २४ घण्टामा थप ९६ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

फागुन ६, काठमाडौं ।
पछिल्लो २४ घण्टामा ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ३ हजार ५ सय ४१ जनाको पीसिआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्या तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार १६६ पुगेको छ ।

त्यस्तै गत २४ घण्टामा १ सय ११ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६९ हजार ५०५ पुगेको छ । हाल क्वारेन्टिनमा ७१ जना छन् भने आइसोलेसनमा एक हजार ६०३ जना रहेको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ५८ पुगेको छ ।

Advertisement