May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड अमेरिकी डलर सहयोग गर्ने

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड अमेरिकी डलर सहयोग गर्ने

फाल्गुन ६, काठमाडौं ।
अमेरिकाले पुनः विश्व स्वास्थ्य संगठन डब्लूएचओलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । यसअघि ट्रम्प प्रशासनले गरेको डब्लूएचओलाई उपलब्ध गराउँदै आएको आर्थिक सहयोग स्थगन गर्ने निर्णयलाई उल्टाउँदै बाइडेन प्रशासनले पुनः सहयोग उपलब्ध गराउने भएको हो ।

संयुक्त राष्ट्र संघ अन्तर्गतको सुरक्षा परिषदको बैठकमा अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिकाले यसै महिनाको अन्त्यसम्म विश्व स्वास्थ्य संगठनलाई २० करोड अमेरिकी डलर सहयोग गर्ने बताएका छन् । उनले विदेशमन्त्री एन्टोनीले डब्लूएचओलाई आर्थिक सहयोग उपलब्ध गराउनु पनि अमेरिकाको दायित्व रहेको बताएका छन् । एजेन्सी

Advertisement