September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १७ जना घाइते

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १७ जना घाइते

फागुन ७, काठमाडौं ।
रामेछापको मन्थली नगरपालिका वडा नं १ मच्छेडाँडीमा शुक्रबार विहान बस दुर्घटना हुँदा १७ जना स्कुले बालवालिकाहरु घाइते भएका छन् । शुक्रबारबाट मन्थलीमा शुरु हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन सेतिदेवी मावि सालुबाट मन्थलीतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घाइतेहरु सबैको मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचार भइरहेको छ । बा ५ ख २८५७ नम्बरको यात्रुबाहक बसमा सवार ५३ जना मध्ये १७ जना घाइते भएका हुन् । घाइतेहरु सबैको मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचार भइरहेको छ । बस तीव्रगतिका कारण दुर्घटना भएको प्रहरीको जनाएको छ ।

Advertisement