May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

थप ९७ जनामा कोरोना संक्रमण पुष्टि, ३ संक्रमितको मृत्यु

थप ९७ जनामा कोरोना संक्रमण पुष्टि, ३ संक्रमितको मृत्यु

फागुन ७, काठमाडौं ।
पछिल्लो २४ घन्टामा नेपालमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त अवधिमा २ हजार ९सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आज थपिएसँगै हालसम्म कोरोना संक्रमण हुनेको संख्या २ लाख ७३ हजार २ सय ६३ जना पुगेका छन् ।

हालसम्म १ हजार ५ सय ८३ सक्रिय संक्रमित रहेका छन् । शुक्रवार १ सय १४ जना संक्रमित भाइरस मुक्त भएका छन् । यससँगै हालसम्म कोरोना भाइरस मुक्त हुनेको संख्या २ लाख ६९ हजार ६ सय १९ पुगेको छ । शुक्रवार ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या कुल २ हजार ६१ पुगेको मन्त्रालयले जनाएको छ ।

Advertisement