September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

भारतमा देखियो कोरोनाको दोस्रो लहर

भारतमा देखियो कोरोनाको दोस्रो लहर

भारतमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर देखिएको छ पछिल्लो २४ घण्टामा १३ राज्य र केन्द्र शासित प्रदेशमा निको हुने भन्दा नयाँ संक्रमितको सख््या बढदै जाँदा नयाँ लहर आएको भारतीय संचार माध्यमले जनाएका छन् ।


भारतका ४ राज्य र केन्द्र शासित प्रदेशमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर सुरु भएको आशंका गरिएको छ । यसमा महाराष्ट्र, पञ्जाब, जम्मू कश्मीर र चन्दीगढ रहेका छन् ।
महाराष्ट्रमा पछिल्लो १० दिन, पञ्जाबमा १२, चन्दीगढमा १० र जम्मू कश्मीरमा ७ दिनदेखि सक्रिय संक्रमितको सङ्ख्या बृद्धि भइरहेको छ ।

Advertisement


भारतमा हालसम्म १.१० करोड जना संक्रमति भइसकेको स्वास्थ्य मन्त्रालयले निकालेको आकडामा देखिन्छ । हालसम्म भारतमा १ लाख ५६ हजार ४९८ जनाले ज्यान गुमाएका छन् । १ लाख ४४ हजार ३३२ जनाको उपचार भइरहेको छ ।