March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

पछिल्लो २४ घण्टामा ११० जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

फागुन ११, काठमाडौं ।
पछिल्लो २४ घण्टामा नेपालमा ११० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार देशका विभिन्न प्रयोगशालामा ३ हजार २१८ जनाको पिसिआर परीक्षण गर्दा ११० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ । नेपालमा १ हजार ५३३ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १०२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ६८ रहेको छ ।
हालसम्म देशभर २१ लाख ४६ हजार ५३३ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ६५ जना रहेका छ । यसैगरी पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६५ रहेको छ ।

Advertisement