September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

पछिल्लो २४ घण्टामा ३७ सयको पीसीआर परीक्षण गर्दा ९४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ३७ सयको पीसीआर परीक्षण गर्दा ९४ जनामा कोरोना  संक्रमण पुष्टि


फागुन १२, काठमाडौं ।
पछिल्लो २४ घण्टाभित्र नेपालमा ९४ जना कोरोना संक्रमित थपिएका छन् । आज ३ हजार ६ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा ९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ७३ हजार सात सय ६० पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ५५५ रहेको छ । पछिल्लो २४ घण्टामा ७१ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार १३९ पुगेको छ । यस्तै, हालसम्म ६३ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख ५० हजार २२५ जनाको पीसीआर परीक्षण गरिएको छ । कोरोना संक्रमणका कारण नेपालमा हालसम्म दुई हजार ६६ जनाको मृत्यु भइसकेको छ ।

Advertisement