लामो बसाईपछि प्रधानमन्त्री ओली डिस्चार्ज
- वाणिज्य न्युज
- १९ मंसिर २०७६
१९, मंसिर, २०७६, काठमाण्डौँ ।
अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बिहीबार डिस्चार्ज भएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंसिर १० मा उपचारका लागि भर्ना भएका ओली १० दिनपछि बिहीबार डिस्चार्ज भएका हुन् । उपचारमा संलग्न चिकित्सक डा. अरुण सायमीका अनुसार प्रधानमन्त्री ओली बिहीबार दिउँसो डिस्चार्ज भएका हुन् ।
प्रतिकृया दिनुहोस्