January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

करेन्ट लागेर हेटौंडामा एक दम्पतीको मृत्यु

करेन्ट लागेर हेटौंडामा एक दम्पतीको मृत्यु

चैत ३०, काठमाडौं ।
मकवानपुरको हेटौंडा उपमहानगर–९ शान्तिचोकमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ३५ वर्षीय समीर पाख्रिन र उनकी श्रीमती ३० वर्षीय अन्सुकोे करेन्ट लागेर मृत्यु भएको हो ।

बिजुलीको पोलबाट घरको मिटर बक्समा लागेको तार भुईंमा लत्रिएको र उक्त तारलाई व्यवस्थापन गर्न फलामको डन्डिले उठाउने क्रममा थ्री फेस लाइनमा छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका पाख्रिन दम्पतीलाई उपचारका लागि हेटौंडा अस्पतालमा लगिएको थियो । घाइते भएका दुबैजनाको उपचारको क्रममा सोमबार बिहान ९ः१६ बजेको समयमा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । शव हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ ।

Advertisement