March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

शैक्षिक संस्था बन्द नगर्न सरकारलाई सुझाव

काठमाडौं, चैत ३०

Advertisement

कोरोना संक्रमणको जोखिमबाट बच्न भन्दै विद्यालय बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् ।

Advertisement

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सोमवार आयोजना गरेको छलफलमा सरोकारवालाले कोरोना सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न सुझाव दिएका हुन् ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोककुमार ब्यान्जू श्रेष्ठले कोरोनाको महामारी देखाएर केन्द्र सरकारले विद्यालय बन्द गर्न निर्णय नगरी स्थानीय सरकारलाई जिम्मा दिनुपर्ने बताए ।

उनले कोरोना संक्रमणको जोखिम कुनै ठाउँमा पर्‍यो भन्दैमा केन्द्र सरकारले सबै ठाउँका विद्यालय बन्द गर्न नहुने र त्यसको अधिकार स्थानीय सरकारलाई दिनुपर्नेमा जोड दिए।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन० का अध्यक्ष टीका पुरी र राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९एन प्याब्सन० का महासचिव सुवास न्यौपानेको पनि जोखिम न्यूनीकरण गर्न सावधानी अपनाउनुपर्ने तर विद्यालय बन्द नगर्ने सुझाव थियो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कोरोनाको प्रभाव सबैतिर एकनास नहुने भएको हुँदा क्षेत्रगत रुपमा निर्णय लिनुपर्ने सुझाव दिए।

सामुदायिक विद्यालय केन्द्रीय महासंघका अध्यक्ष कृष्ण थापा र विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गरेर विद्यालय सञ्चान गर्न सुझाव दिए । रासस