March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

भारतमा थपिए १ लाख ६१ हजारभन्दा बढी कोरोना संक्रमित, ८७९ जनाको मृत्यु

चैत ३१, काठमाडौं ।
भारतमा थप १ लाख ६१ हजार ७३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड ३६ लाख ८९ हजार ४५३ पुगेको छ। पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणका कारण ८७९ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म १ लाख ७१ हजार ५८ जना संक्रमितको मृत्यु भइसकेको छ।

संक्रमण बढ्दै जाँदा विभिन्न शहरहरुमा लकडाउन लागू गरिएको छ। यस्तै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ। मंगलबार बिहानसम्म ९७ हजार १६९ जना संक्रमण मुक्त भएका छन्। हाल भारतभर १२ लाख ६४ हजार ६९४ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

Advertisement