April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ

कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ

चैत ३१, काठमाडौं ।
कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा बाँकेबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ३२ वर्षीया श्रीमती लक्ष्मी बीसीको कुटपिट गरी हत्या गरेको अभियोगमा बैजनाथ गाउँपालिका–३ उत्तरलधौराका ४२ वर्षीय चक्रबहादुर बुढालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । बुढाले घरायसी विवादका कारण लक्ष्मीलाई कुटपिट गर्दा गम्भीर घाइते भएकी थिइन् ।

लक्ष्मीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएपछि उनका श्रीमानलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement