January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमित  महिलाको मृत्यु

बैशाख २, काठमाडौं ।
विराटनगरमा कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ । विराटनगर–१० स्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका ४ की ४५ वर्षीया महिलाको मृत्यु भएको हो । अस्पतालका निमित्त संयोजक एपोलो भगतका अनुसार संक्रमित महिलाको बिहीबार बिहान करिब बिहान ४ः३० बजे मृत्यु भएको हो । विराटनगरको न्यूरो अस्पतालमा बुधबार पीसीआर परीक्षण गर्दा उनको दिउँसो करिब २ बजे रिपोर्ट पोजिटिभ आएको थियो ।

सो क्रममा थप उपचारका लागि उनलाई नोबेल अस्पतालमा भर्ना गरिएको थियो । पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै बेलुका करिब ४ बजे महिलालाई कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । यसक्रममा उनीलाई श्वासप्रश्वासको समस्या रहेको केन्द्रले जनाएको छ । महिलामा मुटुको समेत समस्या रहेको थियो । यससँगै केन्द्रमा हालसम्म ५८ जनामा संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

Advertisement