April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

थप ५ सय बढीमा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

बैशाख २, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज चार हजार १५२ जनाको परीक्षण गर्दा ५ सय ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३ हजार ५८८ जनाको पीसीआर परीक्षण गर्दा ४९० र ५६४ जनाको एन्टिजेन्ट विधिबाट गरिएको परीक्षणमा ४४ जना गरेर कुल ५३४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर कोरोना संक्रमित हुनेको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ । मन्त्रालयका अनुसार २४ घण्टामो १५७ जना डिस्चार्ज भएका छन् । यस्तै निको हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ । यस्तै थप ५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६६ पुगेको छ ।

Advertisement