April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

फैलँदो कोरोना : १४ जिल्लामा विद्यालय सहित सार्वजनिक क्षेत्र बन्द गर्न सरकारको आग्रह

फैलँदो कोरोना : १४ जिल्लामा विद्यालय सहित सार्वजनिक क्षेत्र बन्द गर्न सरकारको आग्रह

बैशाख २, काठमाडौं ।

Advertisement

उपत्यकाका ३ वटासहित देशभरका १४ जिल्लालाई कोरोना जोखिमयुक्त भन्दै सरकारले विद्यार्थीलाई स्कुल नजान आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाको तीनसहित विभिन्न १४ जिल्लामा विद्यालयसहितका सार्वजनिक क्षेत्र बन्द गर्नका लागि आग्रह गरेको हो ।

Advertisement

उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुरसहित कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङमा विद्यालयसहित मनोरञ्जन, खेलकुद र रात्रिकालीन व्यावसाय बन्द गर्नका लागि मन्त्रालयले आग्रह गरेका छ । मन्त्रालयले विहिबार विज्ञप्ती जारी गर्दै हालसम्म सेवा बन्दबारे कुनै निर्णय नभएपनि संक्रमणको जोखिम रहेकाले ती जिल्लाका विद्यालयमा नगइदिन आग्रह गरेको हो ।

यस्तै रात्रि व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लब, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभासम्मेलन, बैठक नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ । सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुल आदि स्थल पनि सञ्चालन नगर्न तथा आम सर्वसाधारणलाई पनि सहभागी नहुन मन्त्रालयको आग्रह छ । मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा सम्पूर्ण अस्पताललाई फिबर क्लिनिक सञ्चालन र कोरोना परीक्षणका लागि नमूना सङ्कलन गर्न निर्देशनसमेत दिइएको छ ।विज्ञप्तिमा मन्त्रालयले विभिन्न ८ वटा आग्रह गरेको छ । 

यस्तो छ मन्त्रालयको विज्ञप्ति