January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्ने काठमाडौं महानगरको निर्णय

कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्ने काठमाडौं महानगरको निर्णय

बैशाख ३, काठमाडौं ।
काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका विद्यालयलाई एक साताका लागि बन्द गर्न अनुरोध गरेको छ । महानगरपालिकाका सबै विद्यालयलाई पत्र लेख्दै कुनै विद्यालयका शिक्षक विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाईएका अर्को सूचना नभएसम्म कम्तीमा एकहप्ता स्कूल बन्द गर्न अनुरोध गरेको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुखको निर्णय अनुसार यस्तो अनुरोध गरिएको हो । यस्तो बेला बैकल्पिक माध्यमबाट शिक्षण सिकाई गर्न गराउन र त्यस्तो अवस्था नभएमा सामाजिक दुरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुन पानीले राम्रोसंग हात धुने र स्यानिटाईजर प्रयोग गरी अभिभावकहरु समेतको सहमतिमा स्कूल संचालन गर्न अनुरोध गरेको छ ।

Advertisement