March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

देशभर थप ८४३ जनामा कोरोनाभाइरस संक्रमण, पाँच जनाको मृत्यु

बितेको २४ घण्टामा देशभर ८४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । परिक्षण गरिएका ६ हजार ४ जनामा कोरोना परीक्षण हुँदा उक्त उत्त परिमाणमा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट ७६८ र एन्टीजेनबाट ७५ गरी कुल ८४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२६ जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोराना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ । हालसम्म कोरोना संक्राणबाट निको हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ भने मृतकको संख्या ३ हजार ७५ पुगेको छ ।

Advertisement