April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

भारतमा थप २ लाख ६० हजारमा कोरोना पुष्टि, मृत्यु कति ?

बैशाख ५,काठमाडौं ।
भारतमा थप २ लाख बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ६१ हजार ५०० जना कोरोना संक्रमण पुष्टि भएको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसंगै भारतमा कुल संक्रमितको संख्या १ करोड ४७ लाख ८८ हजार १०९ पुगेको छ । यसअघि शुक्रबार २ लाख ३३ हजार संक्रमित भेटिएका थिए ।

भारतमा सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको आँकडा पनि लगातार बढिरहेको छ । भारतमा एकैदिन थप १ हजार ५०१ को मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १ लाख ७७ हजार १५० जना पुगेको छ । कोरोनाका कारण सबैभन्दा बढी महाराष्ट्र, उतर प्रदेश, दिल्ली, कर्नाटक र छतिसगढ बढी पभावित छन् । कोरोना महामारीबाट विश्वभर अति प्रभावितमा अमेरिकापछि भारत देखिएको छ, भने ब्राजिल तेस्रोमा छ ।

Advertisement