August 14, 2022, Sunday
२९ श्रावण २०७९, आईतवार

थप ४ हजार ५२४ जनामा कोरोना पुष्टि, १८ संक्रमितको मृत्यु

थप ४ हजार ५२४ जनामा कोरोना पुष्टि, १८ संक्रमितको मृत्यु

वैशाख १४, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा ४५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा १४ हजार ६ सय ७२ पीसीआर परीक्षणमा ४३ सय ६४ र १ हजार ९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६ हजार २२५ जना पुगेको छ । कोरोना भाइरस संक्रमितमध्ये आईसीयूमा ३१५ जना र भेन्टिलेटरमा ८४ जना रहेका छन् । जसमध्ये काठमाडौं उपत्यकामा ११२ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १९ सय ६६ जानमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । यससँगै कूल मृतकको संख्या ३ हजार १९४ पुगेको मन्त्रालयले जनाएको छ ।

Advertisement