February 8, 2023, Wednesday
२५ माघ २०७९, बुधबार

काठमाडौंमा निषेधाज्ञा : ६ बुँदा थपियो

काठमाडौंमा निषेधाज्ञा : ६ बुँदा थपियो


काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारबाट काठमाडौं उपत्यकामा लागू हुने निषेधाज्ञाका लागि ६ बुँदा थप गरेको छ । काठमाडौंका सिडिओ कालीप्रसाद पराजुलीले नयाँ सूचना जारी गरेका छन् । जारी आदेशमा ६ बुँदा थप गरिएको छ ।

अत्यावश्यक सेवाहरुमा करियर तथा डाँक सेवा थप गरिएको छ। खाद्य सामग्री अन्तर्गतको व्यवस्थामा डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ। यसअघि, बिहान १० बजेदेखि बेलुका ५ बजे सम्म सञ्चालन गर्न भनिएको थियो।

त्यस्तै, बैंक तथा वित्तीय संस्था, बिमा एवं राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारी साधनहरु सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न दिने व्यवस्था गरिएको छ।
तल पढ्नुहोस्

Advertisement