August 14, 2022, Sunday
२९ श्रावण २०७९, आईतवार

प्रचण्ड पत्नी सीता दाहाल मेडिसिटी अस्पताल भर्ना

प्रचण्ड पत्नी सीता दाहाल मेडिसिटी अस्पताल भर्ना

वैशाख १५, काठमाडौं ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड पत्नी सिता दाहाललाई अस्पताल भर्ना गरिएको छ । विगत लामो समयदेखि अस्वस्थ रहेकी सितालाई मंगलबार ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको हो ।

शरीरमा सोडियमको मात्रा कम देखिएपछि अस्पताल भर्ना भर्ना भएकी दाहाललाई बुधबार विहानदेखि आइसियूमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ । उनलाई डा. प्रदीप श्रेष्ठको टोलीले उपचार गरिरहेको छ । गत पुसमा उनलाई भारतको नयाँदिल्लीमा उपचार गरी ल्याइएको थियो ।

Advertisement