March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

तीव्र गतिमा फैलिँदै कोरोना, एकैदिन ४८ सय ९७ जनामा संक्रमण पुष्टि

वैशाख १५, काठमाडौं ।
पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज १३ हजार ८७९ पीसीआर र ९५५ एन्टिजेन परीक्षणबाट गरी ४ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र दुई हजार ४६ जना नयाँ संक्रमित थपिएका छन् ।

जसमा काठमाडौंमा एक हजार ४६४, भक्तपुरमा ३५१ र ललितपुरमा २३२ जना छन् । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २९० पुगेको छ । जसमध्ये २३ सय ६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् ।

Advertisement