October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको शल्यक्रिया हुने, भए अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको शल्यक्रिया हुने, भए अस्पताल भर्ना


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईकोे ट्युमरको शल्यक्रिया हुने भएको छ । काठमाडौंस्थित वीर अस्पतालमा वैशाख १७ गते भट्टराईको शल्यक्रिया हुने भएको हो । न्युरो / इन्डोक्राइनका विरामी उनको डा. सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया सम्पन्न हुनेछ । त्यसका लागि अध्यक्ष डा. भट्टराई अस्पताल भर्ना भएका छन् ।


यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण भएको थियो । वायोप्सी, डिओटिए परीक्षण, एनओसी परीक्षण तथा पेट सिटिस्क्यानसहित अन्य परिक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको बताएका थिए ।

Advertisement