October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

भारतमा थप ३ लाख ७९ हजारमा कोरोना संक्रमण पुष्टि, ३ हजार ६ सय जनको मृत्यु

भारतमा थप ३ लाख ७९ हजारमा कोरोना संक्रमण पुष्टि, ३ हजार ६ सय जनको मृत्यु

वैशाख १६, काठमाडौं ।
भारतमा पछिल्लो २४ घन्टामा ३ लाख ७९ हजार २ सय ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कुल सक्रमितको संख्या १ करोड ८३ लाख ७६ हजार ५ सय २४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ३ हजार ६ सय ४५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाका कारण अहिलेसम्म भारतमा २ लाख ४ हजार ८ सय ३२ जनाको मृत्यु भएको छ । २ लाख ६९ हजार ५ सय ७ जनाको अस्पतालबाट डिस्चार्ज भएका छन् ।

Advertisement