सेती अस्पतालमा उपचाररत थप दुई संक्रमितको मृत्यु
- वाणिज्य न्युज
- १६ बैशाख २०७८
374
SHARES
वैशाख १६, काठमाडौं ।
सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्युु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका– १० का ६० वर्षीय पुरूष र लम्कीचुहा नगरपालिका–२ का ३३ वर्षीय पुरूषको मृत्युु भएको हो ।
अस्पताल स्रोतका अनुसार बुधबार अस्पताल भर्ना भएका घोडाघोडीका संक्रमितको आइसियूमा उपचार भइरहेको थियो । श्वासप्रश्वाससम्बन्धी समस्याले ग्रस्त उनलाई निमोनिया समेत भएको थियो । लम्कीचुहाका संक्रमित बैशाख १४ गते अस्पताल भर्ना भएका थिए । उनमा पनि निमोनिया रहेको अस्पतालले जनाएको छ ।



-
महोत्तरीको पर्यटकीय पूर्वाधार विकासले गति लिँदै
१७ माघ २०७९ -
देवशिला गोरखपुरमा, आज अयोध्या पु¥याइने
१८ माघ २०७९
प्रतिकृया दिनुहोस्