मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
- वाणिज्य न्युज
- १६ बैशाख २०७८
305
SHARES
वैशाख १६, काठमाडौं ।
कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित सडकमा बा ६१ प १५३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कीर्तिपुर नगरपालिका–१० बाघभैरवका ५० वर्षीय राजमान महर्जनको बिहीवार बिहान मृत्यु भएको हो ।
बुधवार राति दुर्घटनामा गम्भीर घाइते महर्जनको उपचारका क्रममा नेपाल नेसनल अस्पताल कलंकीमा बिहीवार बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



-
महोत्तरीको पर्यटकीय पूर्वाधार विकासले गति लिँदै
१७ माघ २०७९ -
देवशिला गोरखपुरमा, आज अयोध्या पु¥याइने
१८ माघ २०७९
प्रतिकृया दिनुहोस्