August 9, 2022, Tuesday
२४ श्रावण २०७९, मंगलवार

निषेधाज्ञा तोडे ६ महिना जेल र जरिवाना हुने

निषेधाज्ञा तोडे ६ महिना जेल र जरिवाना हुने


के तपाई सरकारले लगाएको लकडाउनको उल्ङ्गघन गर्दे बाहिर निस्कने तरखरमा हुनुहुन्छ ? छ भने होसियार हुनुहोस । सरकारले तपाईलाई निषेधाज्ञा तोडेको सार्वजनिक मुद्धा लगायो भने तपाईले ६ जेल र जरिवाना तिर्नुपर्ने छ । कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेपछि रोकथामका लागि काठमाडौं उपत्यकासहित देशका विभिन्न १० जिल्लामा निषेधाज्ञा जारी भएका समय निषेधाज्ञा तोडेमा कारवाहीमा परिने छ ।


सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जारी गरेका आदेशमा अत्यावश्यक काममाबाहेक घरबाट समेत बाहिर ननिस्किन भनिएको छ । यसरी आदेशको उल्ङ्गघन गरेमा संक्रामक रोग ऐन–२०२० र स्थानीय प्रशासन ऐन–२०२८ अनुसार कारबाही हुने छ । संक्रामक रोग ऐन कार्यान्वयनमा बाधा पु¥याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँ जरिवाना अथवा दुवै सजायसमेत हुनसक्ने व्यवस्था छ । यदी प्रशासनले संक्रामक रोग ऐन–२०२० अनुसार मुद्धा लगाएमा १ महिनासम्म कैद वा सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्छ ।


सैगरी स्थानीय प्रशासन ऐन–२०२८ अनुसार प्रशासनको आदेश उल्लंघन गर्नेलाई प्रमुख जिल्ला अधिकारीले ५ सय रुपैयाँसम्म जरिवाना वा १ महिनासम्म कैद वा दुवै सजाय दिन गर्न सक्ने व्यवस्था कानूनले गरेको छ ।

Advertisement