भारतमा एकैदिन ३६ सय जना कोरोना संक्रमितको मृत्यु,थप तीन लाख ७९ ७९ हजारमा संक्रमण पुष्टि
वैशाख १७, काठमाडौं ।
भारतमा एकैदिन ३ हजार बढीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्तालयका अनुसार बिहीबार ३ हजार ६ सय ४५ जनाको मृत्यु भएको हो । दोस्रो लहर सुरु भएसँगैं यति धेरै संक्रमितको मृत्यु भएको यो नै पहिला पटक हो । यस्तै गत २४ घण्टामा ३ लाख ७९ हजार २५७ जना कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोनाका कारण दैनिक तीन लाख बढी संक्रमित हुँदै आएका छन् ।
भारतमा हालसम्म एक करोड ८३ लाख ७६ हजार ५२४ जनामा कोरोना संक्रमण भइसकेको छ ।हालसम्म २ लाख ४ हजार ८३२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । दैनिक मृत्युदर बढ्दा शव जलाउनसमेत लाइन बस्नु परेका तस्वीर तथा भिडियोहरु समाचार र सामाजिक सञ्जालमा भाइरल भएक छन् । अक्सिजन, आइसीयु, भेन्टिलेटरको पर्याप्तता नहुँदा भारतमा मर्नेको संख्या दिनहुँ बढिरहेको छ ।
प्रतिकृया दिनुहोस्