March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

२१ लाखले लगाए कोराना संक्रमण विरुद्धको पहिलो खोप, दोस्रो भने ३ लाख ६२ हजारले मात्र


नेपालमा कोरोना संक्रमण विरुद्धको खोप दिन थालेपछि करिव २१ लाख जनसंख्याले कोराना विरुद्धको कोभिसिल्ड तथा भेरोसेल खोप लगाएका छन् । राष्ट्रिय खोप कार्यक्रमका शाखा प्रमुख डा. झलक गौतमका अनुसार हालसम्म पहिलो खोप लगाउने मध्ये ३ लाख ६२ हजार जनाले मात्र दोस्रो खोप पुरा गरेका छन् । हालसम्म भारतमा बनेको कोभिसिल्ड खोप लगाउनेको संख्या १८ लाख १९ हजार छ । त्यस्तै, चीनमा बनाउने भेरोसेल खोप लगाउनेको संख्या २ लाख ७२ हजार रहेको गौतमले बताए ।

Advertisement