October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

सचिनले गरे सिलिण्डर खरीदको लागि एक करोड सहयोग

सचिनले गरे सिलिण्डर खरीदको लागि एक करोड सहयोग


काठमाडौँ ः पूर्व क्रिकेटर सचिन तेन्दुलकरले कोभिड–१९ संक्रमितहरुका लागि एक करोड भारु आर्थिक सहयोग गरेका छन् । भारतीय संञ्चार माध्यमका अनुसार भारतीय युवा व्यापारीहरुको एक समूहले सञ्चालन गरिरहेको ‘मिसन अक्सिजन’ नाम गरेको अभियानलाई तेन्दुलकरले सहयोग गरेका हुन् । प्रत्येक दिन तीन लाखभन्दा बढी नयाँ संक्रमित फेला परिरहेका छन् । कोभिड–१९ को दोस्रो लहरले हाल भारत विश्वमा नै सबैभन्दा बढी प्रभावित छ ।
अक्सिजनको समेत अभाव भएपछि ज्यान गुमाएको संख्या बढेको छ । यस्तो अवस्थामा तेन्दुलकर दिल खोलेर सहयोग गरेका हुन् । कोभिड–१९ संक्रमितहरुका अक्सिजन बाहेक बेड, औषधिको पनि अभाव छ । त्यसकारण नयाँ दिल्ली र आसपासका युवा व्यापारीहरुको समूहले ‘मिसन अक्सिजन’ अभियान सुरु गरेको हो ।

Advertisement