February 8, 2023, Wednesday
२५ माघ २०७९, बुधबार

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको शल्यक्रिया सफल

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको शल्यक्रिया सफल


काठमाडौं–पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया सफल भएको छ । काठमाडौंस्थित वीर अस्पतालका चिकित्सक डा. सुबोध अधिकारी नेतृत्वको टिमले शुक्रबार भट्टराईको शल्यक्रिया गरेकोे हो ।

नेता भट्टराईकी छोरी मानुषी यमी भट्टराईले सामाजिक सञ्जालमार्फत शल्यक्रिया सफल भएको जानकारी दिएकी हुन् ।

‘पेटको न्युरो–इन्डोक्राइन ट्युमरको सफल शल्यक्रिया र शीध्र स्वास्थ्यलाभको कामना, बा!’ उनले लेखेकी छन् । ‘शल्यक्रियामा संलग्न वीर अस्पतालको चिकित्सक टोली, अस्पताल परिवारप्रति सधन्यवाद शुभकामना ।’

Advertisement