August 9, 2022, Tuesday
२४ श्रावण २०७९, मंगलवार

भारतबाट घर फर्किने अस्ट्रेलियनलाई ५ वर्ष जेल

भारतबाट घर फर्किने अस्ट्रेलियनलाई ५ वर्ष जेल

वैशाख १८, काठमाडौं ।
काठमाडौं। भारतबाट घर फर्किने अस्ट्रेलियन नागरिकले पाँच वर्ष जेलका साथै जरिवाना पनि तिर्नुपर्ने भएको छ। अस्ट्रेलियाले केही दिनअघिमात्र भारतमा हुने सबै उडानमा प्रतिबन्ध लगाएको थियो।

भारतमा ९ हजार अस्ट्रेलियन रहेको अनुमान छ। त्यसमध्ये ६०० को अवस्था कमजोर रहेको छ। अस्ट्रेलियन स्वास्थ्यमन्त्रीले भारतमा कोरोना संक्रमितको संख्याका आधारमा यस्तो निर्णय लिइएको बताए। अस्ट्रेलियाले स्वदेश फर्किनेहरुलाई अपराधीको व्यवहार गरेको यो पहिलो घटना हो।

Advertisement