October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

थप ५ हजार ७ सय ६३ जना कोरोना संक्रमित, १९ जनाको मृत्यु

थप ५ हजार ७ सय ६३ जना कोरोना संक्रमित, १९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ९ सय ६९ जनाको नमुना परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् । १२ सय ८७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यस्तै १२ सय ८७ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख ८२ हजार तीन सय ८२ पुगेको छ । यस्तै कोरोनाका कारण थप १९ जनाको ज्यान गएको छ । अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२ सय ९८ पुगेको छ । अहिले ४३ हजार दुई सय १३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

काठमाण्डौ उपत्यकामा मात्रै २४ सय ९५ जना सङ्क्रमित थपिएका छन् । काठमाण्डौमा १९ सय ३२ जना, ललितपुरमा तीन सय ५५ र भक्तपुरमा दुई सय ८ जनामा कोरोना पुष्टि भएको छ आज थपिएकासँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या तीन लाख २८ हजार आठ सय ९३ पुगेको छ ।

Advertisement