कोरोना संक्रमित पुरुषले गरे आत्महत्या
- वाणिज्य न्युज
- १८ बैशाख २०७८
515
SHARES
बुटवल ः रुपन्देहीको सैनामैनास्थित कोभिड–१९ अस्पतालमा एक कोरोना संक्रमितले आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका–१ स्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयमा संक्रमित युवकले शनिबार बिहान २ बजे आत्महत्या गरेका हुन् ।
सैनामैना–१ बनकट्टा बस्ने ४० वर्षे पुरुषलाई शौचालयमा झुडिएको अवस्थामा फेला पारेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीले बताए ।
उनमा यही वैशाख १६ गते कोरोना पोजेटिभ देखिएको थियो । आफूमा कोरोना प्रमाणित भएपछि उनमा नैराश्यता बढेर गएको थियो ।



-
महोत्तरीको पर्यटकीय पूर्वाधार विकासले गति लिँदै
१७ माघ २०७९ -
देवशिला गोरखपुरमा, आज अयोध्या पु¥याइने
१८ माघ २०७९
प्रतिकृया दिनुहोस्