October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

हालसम्मकै सर्वाधिक ७ हजार २११ जना कोरोना संक्रमित थपिए, २७ जनाको मृत्यु

हालसम्मकै सर्वाधिक ७ हजार २११ जना कोरोना संक्रमित थपिए, २७ जनाको मृत्यु

वैशाख १९, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घन्टामा ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा २८ सय ६४ महिला र ४२ सय ७३ पुरुष छन् । १६ हजार १४७ पीसीआर र ६२३ एन्टिजेन परीक्षणमा ७ हजार २११ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सहित नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ सय २५ पुगेको छ । मन्त्रालयका अनुसार ६७ जना क्वारेन्टाइन र ४८ हजार ७११ जना आइसोलेसनमा छन् ।

Advertisement