अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीलाई अनिवार्य कार्यलयमा उपस्थित हुन सरकारको निर्देशन
कोरोना भाइरस संक्रमणको रेकर्ड कायम गर्न थालेपछि सरकारले अध्ययन लगाएतका बिदामा रहेका सवै स्वास्थ्यकर्मीलाई काममा फिर्कन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले उनीहरुलाई आआफ्नो दरबन्दी भएको स्वास्थ्य संस्थामा गएर काम गर्न निर्देशन दिएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार मन्त्रालयले अध्ययन बिदामा रहेका र अहिले अध्ययन नभएका अवस्थामा रहेका सबै स्वास्थ्यकर्मीलाई आआफ्नो दरबन्दीअनुसार स्वास्थ्य संस्थामा गएर काम गर्न निर्देशन दिएको हो ।
मन्त्रालयले विभिन्न चिकित्सा विधामा अध्ययनरत सबै विद्यार्थीलाई पनि कोभिड–१९ को रोकथाम र नियन्त्रणमा खटाउने निर्णय गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा २८ सय ६४ महिला र ४२ सय ७३ पुरुष छन् । १६ हजार १४७ पीसीआर र ६२३ एन्टिजेन परीक्षणमा ७ हजार २११ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सहित नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ सय २५ पुगेको छ । मन्त्रालयका अनुसार ६७ जना क्वारेन्टाइन र ४८ हजार ७११ जना आइसोलेसनमा छन् ।

प्रतिकृया दिनुहोस्