October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

एक सातामा साढे ३६ हजार जनामा कोरोना संक्रमण पुष्टि, ४१ जिल्लामा निषेधाज्ञा

एक सातामा साढे ३६ हजार जनामा कोरोना संक्रमण पुष्टि, ४१ जिल्लामा निषेधाज्ञा

वैशाख ३०, काठमाडौं ।
पछिल्लो एक सातामा नेपालमा ३६ हजार ६ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वैशाख १३ गते देखि १९ गते सम्म उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । वैशाख १३ गते ३ हजार ५५६, १४ गते ४ हजार ५२४, १५ गते ४ हजार ८९७, १६ गते ४ हजार ९२८, १७ गते ५ हजार ७२७, १८ गते ५ हजार ७६३ र १९ गते ७ हजार २११ जनामा संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Advertisement

संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जादा निषेधाज्ञा जारी गर्ने जिल्ला थपिँदै गएका छन् । सोमवार बिहानसम्म ४१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार बाँकेको नेपालगञ्ज उप–महानगरपालिकाबाट सुरु भएको निषेधाज्ञा सोमवार बिहानसम्म ४१ वटा जिल्लामा पुगेको छ । धनुषा जिल्लाले मंगलवारबाट निषेधाज्ञा जारी गर्ने निर्णय गरिसकेको छ ।

Advertisement

हालसम्म बाँके, सुर्खेत,काठमाडौं, ललितपुर, भक्तपुर,कस्की, कैलाली,पर्सा, दाङ,कञ्चनपुर,चितवन,पाल्पा, रुपन्देही, सुनसरी, सल्यान, जाजरकोट, रुकुम पश्चिम, डेल्धुरा, झापा,गुल्मी, प्युठान, उदयपुर, नुवाकोट, बझाङ,दैलेख, बैतडी, अर्घाखाँची, ताप्लेजुङ, रामेछाप, कपिलबस्तु, स्याङ्जा, कालिकोट, मकवानपुर, बाजुर, गोरखा, काभ्रे, मोरङ, दार्चुला, लगायत जिल्लाहरुमा निषेधाज्ञा गरिएको छ ।

काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि २२ गतेसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ । तर, उपत्यकाको हकमा मन्त्रिपरिषद्को बैठकले १५ दिनसम्म निषेधाज्ञा गर्न निर्देशन दिएको छ । उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सोमवार बैंठक बसेर निषेधाज्ञा थप गर्ने निर्णय गर्ने तयारी छ ।