January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

संक्रमण तीब्र बनेसँगै ६९ जिल्लामा निषेधाज्ञा घोषणा, कुन-कुन ? (सुचिसहित)

संक्रमण तीब्र बनेसँगै ६९ जिल्लामा निषेधाज्ञा घोषणा, कुन-कुन ? (सुचिसहित)

वैशाख २७, काठमाडौं ।
दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म ६९ जिल्लामा निषेधाज्ञा घोषणा भएको छ । संक्रमण तीब्र बनेसँगै स्थानीय प्रशासनले धमाधम निषेधाज्ञा जारी गरिरहेका छन् । अब नेपालका आठ जिल्लामा मात्र निषेधाज्ञा जारी गर्न बाँकी छ । निषेधाज्ञा जारी गर्न बाँकी रहेका जिल्लामा मनाङ, मुस्ताङ, तेह्रथुम, खोटाङ, भोजपुर, पाँचथर, लमजुङ र रुकुम पूर्व रहेका छन् । गृह मन्त्रालयले पूर्ण र आंशिक गरेर ६८ जिल्ला भने पनि सोलुखुम्बुमा पनि गएरातिदेखि निषेधाज्ञा सुरु भएको छ ।

बैशाख पहिलो हप्तादेखि नै बढी प्रभावित जिल्लाहरुमा निषेधाज्ञा शुरु भए पनि सङ्क्रमण न्यूनीकरण हुन भने सकिरहेको छैन । सरकारले सङ्क्रमण नियन्त्रणका लागि प्रयास जारी राखेको बताए पनि कतिपय अवस्थामा कतै चुकेको देखिने र कतै स्थानीय बासिन्दाले नै हेल्चक्र्याइँ समेत गरेको देखिएको जनस्वास्थ्यविदहरुले बताएका छन् ।
निषेधाज्ञा लागू भएका जिल्लाहरु निम्न प्रकारका रहेका छन् :

Advertisement