April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

सञ्चारमन्त्रीद्वारा सांसद चौलगाईंलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण

सञ्चारमन्त्रीद्वारा सांसद चौलगाईंलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण

वैशाख २९, काठमाडौं ।
नेकपा एमालेका नेता तथा बागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पार्थीव शरीरमाथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

Advertisement

मन्त्री गुरुङले बुधवार बिहान मनमोहन मेमोरियल अस्पतालमा पुगेर राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरे । पार्टीका अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरे । उनको केही समयपछि पशुपति आर्यघाटको विद्युतीय शव दाहगृहबाट अन्त्येष्टि गरिने छ ।

Advertisement

कोरोना संक्रमणबाट मंगलवार राति नेता चौलागाईंको निधन भएको थियो । नेकपा एमाले पोलिटब्यूरो सदस्य रहेका चौलागाईं दोलखा (२) बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । नेता चौलागाईं विक्रम संवत् २०५६ सालको निर्वाचनमा दोलखा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

उनी २०७० सालको संविधानसभा चुनावमा समानुपातिक कोटाबाट सांसद भएका थिए । विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा रहेका चौलागाईं निष्ठावान र इमान्दार नेता थिए । उनको निधनले दोलखाका साथै सिङ्गो राष्ट्रले अपूरणीय क्षति व्यहोर्नुपरेको एमाले बागमती प्रदेश संगठनका अध्यक्ष आनन्दप्रसाद पोखरेलले बताए । रासस